सारण जिल्ला
सारण जिल्ला
सारण जिला | |
---|---|
देश | भारत |
राज्य | बिहार |
प्रशासनिक विभाजन | सारण |
सदरमुकाम | छपरा |
सरकार | |
• लोकसभा निर्वाचनक्षेत्र | Saran, Maharajganj |
• विधानसभा क्षेत्र | Ekma, Manjhi, Baniapur, Taraiya, Marhaura, Chapra, Garkha, Amnour, Parsa, Sonepur |
क्षेत्रफल | |
• जम्मा | २,६४१ किमी२ (१०२० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३,९४३,०९८ |
• घनत्व | १५००/किमी२ (३९००/वर्ग माइल) |
सङ्ख्या | |
• साक्षरता | ६८.५७ % |
• लिङ्ग अनुपात | ९५९ |
मुख्य राजमार्गहरू | NH 28B, NH 85, NH 101, NH 102 |
वेबसाइट | आधिकारिक वेवसाईट |
सारण भारतको बिहार राज्यमा अबस्थित एक प्रमण्डल र जिल्ला हो। यसको प्रशासनिक (सदरमुकाम) छपरा हो। गंगा, गण्डक र घाघरा नदीहरूले घेरिएको यो जिल्ला भारतमा मानव बसाईको सर्वाधिक प्राचीन केंद्रहरू मध्ये एक हो। सम्पुर्ण जिल्ला एक समतल र उपजाऊ क्षेत्र हो। भोजपुरी भाषी क्षेत्रको पूर्वको सीमानामा स्थित यो जिल्ला सोनपुर मेला र राजनीतिक चेतनाको लागि प्रसिद्ध छ।
नामाकरण
[सम्पादन गर्नुहोस्]प्राचीन कालमा सारणको भूमि वन-जंगलको असीम विस्तार र यसमा विचरण गर्ने हरिणहरूको कारण प्रसिद्ध थियो। हरिण (सारंग) र वन (अरण्य) कै कारण यसलाई सारंग अरण्य भनिन थालियो जुन कालक्रममा बदलियेर सारण भइहालो। बेलायती विद्वान जनरल कनिंघमले यस्तो धारणा गरेको छ कि मौर्य सम्राट अशोकको कालमा यहाँ लगाईएको धम्म स्तंभहरूलाई 'शरण' भनिन्थ्यो जुन पछि सारण भनिन थाल्यो र यस क्षेत्रको नाम भइहाल्यो। सारणको सदरमुकाम छपरा धेरै प्रसिद्ध रहेको छ र यसलाई छपरा जिल्ला पनि भनिन्छ।