लवण
स्वरूप
सामान्यतया लवण एउटा तटस्थ यौगिक हो । यसमा अम्लमा भएको हाइड्रोजनलाई धातुले पूर्ण या आंशिक रूपमा विस्थापित गरेको हुन्छ
NaOH + HCl → NaCl + H२O
CuO + H२SO४ → CuSO४ + H२O
यहाँ माथिको समीकरणमा NaCl र CuSO४ लवण हुन् ।
लवणका गुणहरु
- धेरैजसो लवणहरूको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।
- सूचक पदार्थहरुप्रती कुनै लवण (जस्तै NaCl) तटस्थ हुन्छ्न् भने कुनै अम्लिय (जस्तै CuSO४) र कुनै क्षारिय (जस्तै Na२CO३) हुन्छन् ।
- धेरैजसो लवणहरु पानीमा घुलनसिल हुन्छ्न् ।
- लवणहरूको पग्लने र उम्लने बिन्दु प्रायः उच्च हुन्छ ।
लवण बन्ने प्रक्रिया
- तत्वहरूको प्रत्यक्ष मिलनद्वारा :
२Fe + ३Cl२ → २ FeCl३
२Na + Cl२ → २NaCl
- केहि धातुहरु (जस्तै: जस्ता/जिङ्क, म्याग्नेसियम, सोडियम) जस्ता धातुहरूले अम्लसँग प्रतिक्रिया गरी लवण बनाउँदछ्न् ।
- धातुका अक्साइडहरूले( जस्तै: MgO, FeO) अम्लसँग प्रतिक्रिया गरी लवण बनाउँदछ्न् ।
- अम्ल र क्षार बिच रासायनिक प्रतिक्रिया हुँदा लवण बन्छ ।
- अम्ललाई कार्बोनेट र बाइकार्बोनेटसँग प्रतिक्रिया गराएर पनि लवण बनाउन सकिन्छ ।
लवणको प्रयोग
- खाने नुन लवण हो जुन खान प्रयोग गरिन्छ ।
- साबुन, ग्लास तथा डिटरजेन्ट बनाउन ।
- चक तथा Plaster of Paris बनाउन ।
- रासायनिक मल बनाउन ।
- सेल ब्याट्रीहरूमा इलेक्ट्रोलाईटका रूपमा ।